प्रहरीले सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

पाेखरा | चैत ५, २०७९

प्रहरीले सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा:  वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीहरुका लागि प्रभावशाली सञ्चार एवम प्रहरीले सेवाग्राहीहरुसँग गर्नुपर्ने व्यवहार सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 


वडा प्रहरी कार्यालय वैदामको आयोजनमा सम्पन्न अभिमुखीकरणमा  वैदामका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले प्रहरी जनताको सेवक भएकाले प्रहरी प्रतिको विश्वासलाई मजबुत बनाएर सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति सुरक्षा अमन चयन कायम गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनले प्रभावकारी रुपबाट काम गर्न नागरिक मैत्री बोली व्यवहारको खाँचो औल्याउनुभयो । प्रशिक्षणले सोच्ने क्षमता र गर्ने व्यवहारलाई सकारात्मक उन्मुख बनाउन सघाउ पुराउने जनाउँदै उहाँले सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो  । 


सहभागीको तर्फबाट अनुभव राख्दै प्रहरी जवान सन्तोष रिमालले बोल्ने कला, पत्रकारको प्रहरी र प्रहरीको पत्रकार प्रतिको धारणाका साथै प्रभावशाली सञ्चारका लागि अपनाउनु पर्ने विधि प्रक्रियाको बारेमा जान्न बुझ्ने अवसर मिलेको बताउनुभयो । उहाँले सिकेका कुरालाई आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्ने  प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 


वैदामका प्रहरी निरिक्षक हरिप्रसाद पौडेलले सेवाग्राहीको प्रहरी प्रति दृष्टिकोणलाई सकारात्मक बनाउने बोल्ने कलाको महत्वको बारेमा प्रशिक्षण उपयोगी भएको धारणा राख्नुभयो । नागरिकसँग हरेक विषयसँग ठोकिने प्रहरीका लागि बोल्ने कला निकै आवश्यक र उपयोगी भएको बताउनुभयो ।


 कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले  प्रभावकारी सेवा प्रवाहका लागि सञ्चार र बोल्ने कलाको महत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो । एक दिने अभिमुखीकरणमा वडा प्रहरी कार्यालय र मातहतका २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्